सडक दुर्घटनामा परी मलेशियामा २ नेपालीको मृत्यु

news-details

सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहालको को मृत्यु भएको छ ।

शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्ट र दाहालको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृतक दुवैजना मलेसियाको आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको र नेपाल ल्याउने पहल भैरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *