जनउद्धार केन्द्रले मलेसियामा समस्यामा परेका ९ जना नेपाली युवालाई स्वदेश फर्कायो

news-details

जनउद्धार केन्द्र मलेसियाले नेपाली राजदूतावास मलेसियाको सहयोगमा मलेसियाका विभिन्न जेलमा कष्टकर जेल जिवन विताउन बाध्य भएका ९ जना नेपाली युवाहरूलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

लंकाप क्याम्प (घरफिर्ती केन्द्र) इपो पेराकबाट दाङका क्रीमल कुमाल र रुपन्देहीका बिजय कुमार चौधरी त्यस्तै जुरु क्याम्प (घरफिर्ती केन्द्र) पेनाङ्गबाट उदयपुरका होम बहादुर मगर र राज कुमार भुजेल, धनकुटाका चित्र बहादुर भण्डारी, कपिलवस्तुका कमल राना, ताप्लेजुङका रामकृष्ण गुरुङ, बाराका जटाशंकर पासवान र धादिङका पुर्ण बहादुर गुरुङ गरि जम्मा नौ जनालाई उद्धार गरी जनउद्धार केन्द्रले स्वदेश फर्काएको हो ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा, उपाध्यक्ष रुप टन्डन र सदस्य हरि न्यौपाने लगायतको टिमले क्वालालम्पुर एयरपोर्टसम्म पुगि उनीहरुलाई मालिण्डो एअरलाइन्सको उडानबाट नेपाल पठाएको केन्द्रका सचिव शंकरदेव आचार्यले जानकारी दिए । फर्काइएका ९ जनामध्ये २ जनाको टिकट नेपाली दूतावासले व्यवस्था गरेको जानकारी दिदै केन्द्रले दूतावासको सहयोगप्रति आभार प्रकट गरेको छ ।

‘हामीले यसरी समस्यामा परेका तथा असक्त भएर घर फर्कन नसकेका नेपालीहरुलाई दूतावासँग सहकार्य गरी स्वदेश फर्काउन सहयोग गरिरहेका छौ’ केन्द्रका अध्यक्ष थापाले भने –‘दूतावासको निरन्तर सहयोग र सुभेच्छुक तथा शुभचिन्तकहरुको सहयोगले हामीलाई यस कार्यमा थप हौसला मिलेको छ, भोलीका दिनमा यस कार्यलाई हामी अझ सशक्त बनाउदै लैजानेछौ ।’

अहिलेसम्म जनउद्धार केन्द्र मलेसियाले नेपाली दूतावाससँगको सहकार्यमा १ सय ५० जनाभन्दा बढी समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइसकेको छ भने ७ जना गम्भिर विरामीलाई पनि उद्धार गरी स्वदेश ल्याइपु¥याएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *