नेपालीसहित ५ जनाको हत्या गर्ने साइप्रसका सैन्य अधिकृत निकोसलाई १७५ वर्षको कारावास

news-details

एजेन्शी / एक नेपालीसहित पाँच विदेशी र दुई बालिकाको हत्या गरेको अभियोगमा साइप्रसका सैन्य अधिकृत ३५ वर्षीय निकोस मेटाक्सासलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ । यो सजाय १७५ वर्षको हुन्छ । साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ।

ग्रिसेली मूलका उनले हत्या गरेकी नेपाली महिला अस्मिता खड्का विष्ट रहेको र दुई बच्चा छदेखि आठ वर्षका भित्रका रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरुको हत्या घटना गत वर्ष भएको थियो ।

नियतवश हत्या गरेको आरोप लागेका उनले अदालतले फैसला सुनाउनुभन्दा अघि नै हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए । उनले यो घटनाले आफूलाई धेरै विच्छिप्त बनाएको भन्दै अदालतमा आँसु बगाउँदै पीडितका परिवारसँग माफी मागेका थिए ।

साइप्रसको आधुनिक इतिहासमा भएको पहिलो ‘सिरियल किलिङ’को घटनाले पूर्वी भूमध्यसागरमा अवस्थित सो टापुराष्ट्र स्तब्ध भएको छ । सेनाका क्याप्टेन उनी अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका थिए । उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो ।

फैसलामा सेनाका पूर्वक्याप्टेनलाई २५ वर्षका सातवटा कारावासको सजाय सुनाइएको थियो । तीन न्यायाधीशको संयुक्त इजलासले मेटाक्साले ‘प्रतिरक्षा गर्न नसक्ने कमजोर महिलाहरूको हत्याको अभियान चलाएको’ बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *