‘कतार भिषा सेन्टर’ले दोहामा नेपाली समूदायसँग गर्‍यो  अन्तरक्रिया

news-details

कतार सरकारको गृह मन्त्रालयले कतारमा रहेका नेपाली समूदायबचि ‘कतार भिषा सेन्टर (क्युभिसि)’को बारेमा जानकारीसहित बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भिषा सेन्टरले सोमबार कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, नेपाली ब्यबसायी, मेनपावर एजेन्सीलगायतका नेपाली समूदायको उपस्थितीमा नेपालमा सञ्चालन गरिएको क्युभिसिका बारेमा बिस्तृत जानकारी गराएको छ ।

दोहामा आयोजित उक्त कार्यक्रममा क्युभिसि कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदी, मानव शंसाधन मन्त्रालय कतारका मानव शंसाधन प्रमुख मोहम्मद अलि, क्युभिसिका पदाधिकारीहरु तथा गृह मन्त्रालय कतारका उच्च पदाधिकारीलगायले क्युभिसिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कतारका पुराना व्याबसायी एवंम एनआरएनएका पूर्वउपाध्यक्ष डा. देवकाजी डंगोल, एनआरएनए कतारका अध्यक्ष नबिन पोखरेल, नेपाली प्रगतिशिल मञ्च कतारका अध्यक्ष चानक पोखरेल, राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाल प्रतिनिधी प्रो. रमाजान अलि मिया, अन्तर्राष्ट्रिय मुस्लिम संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएनए कतारका उपाध्यक्ष तेज कटुवाल, महासचिब बुधवल गुरुङ, युवा संयोजक माया केसीलगायत नेपाली व्यवसायी, मेनपावर एजेन्शीका प्रतिनिधीलगायत उल्लेख्यरुपमा नेपाली समूदायको सहभागिता रहेको थियो ।

‘कतार भिसा सेन्टर’को औपचारिक शुभारम्भ : ‘क्युभिसि प्राइभेट होइन, कतार सरकारकै अंग हो’–राजदूत युसुफ विन

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *