कतारमा पत्रकारिता सम्वन्धी साक्षात्कार एवं सचेतनामूलक कार्यक्रम सपन्न

news-details

उद्धव मगर /नेपाल पत्रकार महासंघ कतार शाखाले पत्रकारिता तथा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

दोहा कतारमा आयोजित कार्यक्रममा नवोदित साहित्य डवलीको विशेष प्रस्तुती र विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंग कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार गणेश बन्जाडे, पूर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार क्रान्ति सिंह, नेपालबाट आएका गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल, सचिव दिल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेषत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइएको थियो । पत्रकार महासंघका उपाध्यक्ष पोखरेलले पत्रकारितासम्बन्धी दुई घण्टा लामो प्रशिक्षण दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *