ओमानको मस्कटस्थित अल महा होटेलको कार्यक्रम हलमा नेपाली बुद्ध भिजन ओमानले एक बृहत् कार्यक्रम गरि २५६३ औ बुद्ध जयन्ती मनाएको छ ।

इस्लाम धर्महरुको रमदान र इद पर्वका कारण केही ढिला गरि बुद्ध जयन्ती मनाइएको आयोजकले जानकारी दिएका छन । गत शुक्रबार भएको कार्यक्रम दिनको १ बजे शुरु भएर ५ बजे सकिएको थियो । बिषेशत बुद्ध जयन्ती हुनाले कार्यक्रममा लामा द्वारा विशेष पुजा कार्यक्रम गरि मनाइएको थियो ।

ओमानमा २५६३ औ बुद्ध जयन्ती  बृहत् कार्यक्रम गरि मनाइयो

कार्यक्रमलाई ओमानका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुलि ढकालले दियो बाली उद्घाटन गर्नु भएको थियो र बुद्ध धर्म सम्बन्धि ज्ञानको प्रकाश पार्ने कार्य लामा तथा नेपाली बुद्द भिजनका अध्यक्ष ङेमा लामाले गर्नु भएको थियो ।

राजदुत पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेश अतिथीका रुपमा एनआरएन सचिव डि बि छेत्री, एनआरएन सोसल क्लब (एन सि सि) ओमानका अध्यक्ष दिपक श्रेष्ठ लगायत ओमानमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

ओमानमा २५६३ औ बुद्ध जयन्ती  बृहत् कार्यक्रम गरि मनाइयो

ओमानमा कार्यरत ठुलो संख्याका नेपालीहरुको उपस्थिमा भएको उक्त कार्यक्रम भब्य रुपमा सफल भएको आयोजक संस्थाका ओमकार तामाङले जनाउनु भएको छ ।