ओमानमा बंगाली नागरिकसँग बस्दै आएका दुई नेपाली महिलाको शंकास्पद मृत्यु

news-details

वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको नेपाली दूतावास ओमानले जनाएको छ । यो घटना गएको यही जेठ ३ गते भएको हो । चक्कु लागेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको दूतावासले जनाएको छ ।

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा बंगाली नागरिक नै संलग्न भएको शंका गरिएको छ ।

दाहाल ओमानको सलाहमा बस्दै आएकी थिइन् । घट्नास्थल राजधानी मस्कटबाट केही टाढा भएकाले दूतावास प्रतिनिधि पुगेर थप जानकारी लिने प्रयास भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

यस्तै बर्दिवासकी सुनिता सार्कीको शंकास्पद मृत्यु भएको छ । सार्की झुन्डिएको अवस्थामा फेला परेको दूतावासले जनाएको छ।

झुण्डिएको अवस्थामा फेला परेकी सुनिताको मृत्यु शंकास्पद छ । झुण्डिएको शवले भुँइ छोएको थियो । उनी भिजिट भिसामा ओमानमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् ।

अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँबाट भागेर बंगाली नागरिकसँग बस्दै आएको दूतावासले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *