मलेसियाबाट समस्यामा परेका ८ नेपाली स्वदेश फिर्ता ल्याइयो

news-details

जनउद्वार केन्द्र मलेसिया र नेपाली दुतावास क्वालालम्पुर मलेसियाले विभिन्न समस्यामा परेका ८ जना नेपालीलाई स्वदेश फिर्ता गराएका छन् । विभिन्न कारणले मलेसिया अध्यागमनको कारबाहीमा परी कसुर अनुसारको सजाय कटाई स्वदेश फर्कनका लागि घरफिर्ती केन्द्रमा रहेकाहरुलाई उद्धार गरिएको हो ।

घरफिर्ती केन्द्रमा आफन्तहरुसँग सम्पर्क नहुदा अलपत्र परेका, शारिरीक र मानसिक समस्या झेलिरहेका नेपाली कामदारहरुको उद्वार गरिएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

उद्वार हुनेहरूमा जुरु डिटेन्सन क्याम्प (घरर्फिर्ती केन्द्र) पेनाङ्गबाट झापाका द्रोण भन्डारी, खोटाङ्गका सुमन राई, सल्यानका राजेन्द्र नेपाली साथै लंकाप डिटेन्सन क्याम्प (घरफिर्ती केन्द्र) पेराङबाट सप्तरीका राजेन्द्र कुमार मियाँ, नुवाकोटका सोम बहादुर तामाङ, सुनसरीका प्रमोद कुमार खान, कैलालीका वीर बहादुर बेलाल र बर्दियाका लाल बहादुर मल्ल रहेका छन ।

करिब एक बर्षदेखि घरफिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई मे २३ तारिख स्थानीय समय अनुसार दिउँसो मालिन्दो एयरलाइन्सबाट स्वदेश फर्काइएको जनद्वार केन्द्र मलेसियाका सचिव शंकर देव आचार्यले जानकारी दिए ।

जनउद्धार केन्द्रले भर्खरै मलेसिया सरकारबाट आधिकारिक मान्यता पाएपछि यी युवाहरु स्वदेश फर्किएका हुन् । मलेसिया सरकारबाट आधिकारिकता पाएपछि झन उत्साहित भएर काम गरिरहेको अध्यक्ष थापाले बताए ।

अहिलेसम्म जनउद्धार केन्द्र मलेसियाले नेपाली दूतावाससँगको सहकार्यमा १ सय ५० जनाभन्दा बढी समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइसकेको छ भने ७ जना गम्भिर विरामीलाई पनि उद्धार गरी स्वदेश ल्याइपु¥याएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *