लिवियामा अलपत्र परेका १५ नेपालीको उद्धार

news-details

आकर्षक रोजगारीको प्रलोभनमा अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।

दलालको भर परेर लिविया पुगेका यी नेपालीहरुलाई राहदानी खोसेर डर र त्रास देखाउदै जर्वजस्ती काममा लगाइएको थियो । उनीहरुको अवस्थाबारे सुचना पाएपछि उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

यसरी उद्धार गरिएकामा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन् ।

दूतावासका अनुसार सबै कामदारलाई आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्ध गर्ने भएको छ । दुई हप्ता पहिला पनि दूतावासले सात जनालाई उद्धार गरेर नेपाल पठाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *