प्रवासी युवाको सहयोगमा ओखलढुंगामा मातृभूमि प्रवेशद्वार बन्दै

news-details

ओखलढुंगामा जन्मेर बेलायती सेनामा कार्यरत युवाहरूको सहयोगमा जिल्लाको पहिचान झल्कने प्रवेशद्वार निर्माण सुरु गरिएको छ । उदयपुरको घुर्मी नाकाबाट ओखलढुंगा प्रवेश गरिने नाकामा प्रवेशद्वार बनाउन थालिएको हो । ओखलढुंगा समाज युके संस्थामा संगठित युवाहरूले प्रवेशद्वार निर्माण गर्न २५ लाख रकम सहयोग गरेका छन् ।

ओखलढुंगा समाज युकेबाट उपलब्ध गराएको २५ लाख रुपैयाँ रकमबाट ओखलढुंगा प्रवेश गर्ने मुख्य स्थान हर्कपुरमा प्रवेशद्वार निर्माण थालिएको हो । सिद्धिचरण लोकमार्गस्थित जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-७ को हर्कपुरमा प्रवेशद्वार निर्माण भइरहेको छ । जिल्ला भित्रने मुख्यस्थलमा आगन्तुकको स्वागतका लागि प्रवेशद्वारसँगै ओखलको मूर्ति र ओखलढुंगा जिल्लाको पहिचान झल्कने विभिन्न तस्वीर राखिने बताइएको छ ।

पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको गेट १२ मिटर अग्लो र ८ मिटर चौडा रहेको छ । ०७५ चैतबाट निर्माण थालिएको प्रवेशद्वारको काम ५० प्रतिशत सकिएको निर्माण समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिए । हर्कपुरको प्रहरी चौकी र रि–फ्रेस सेन्टरसँगै निर्माणाधीन गेट सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने लक्ष्य राखिएको छ ।

प्रवेशद्वार निर्माण भएपछि सोही क्षेत्रमा २ रोपनी जग्गामा उक्त संस्थाले हरियाली पार्कसमेत निर्माण गर्ने योजना रहेको अध्यक्ष गौतमको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *