मलेसिया सरकारबाट जनउद्धार केन्द्रले पायो सामाजिक संस्थाको मान्यता

मलेसियामा दर्ता हुने पहिलो नेपाली सामाजिक संस्था
news-details

मलेसियामा समस्यामा परेका तथा अलपत्र नेपालीहरुको सहायताका लागि काम गर्दै आएको संस्था जनउद्धार केन्द्र मलेसिया आधिकारिक रुपमा दर्ता भएको छ । मलेसिया सरकारको गृह मन्त्रालयमा जनउद्धार केन्द्र मलेसिया सामाजिक संस्थाको रुपमा पहिलो पटक आधिकारिक रुपमा दर्ता भएको हो ।

जनउद्धार केन्द्र मलेसिया सरकारबाट आधिकारिकता पाउने संभवत पहिलो नेपाली संस्था पनि भएको छ । मलेसियामा अहिले गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदलगायत सयौका संख्यामा नेपाली संघ–संस्थाहरु सामाजिक कार्यमा संलग्न छन । तर, मलेसिया सरकारबाट आधिकारिक मान्यता पाएका छैनन् ।

‘स्थापनाको छोटो समयमै हामी कानुनी र आधिकारिक सामाजिक संस्थाकोरुपमा दर्ता हुन पाउनु खुसीको खबर हो’ जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले भने–‘आगामी दिनमा नेपाली कुटनैतिक निकाय तथा मलेसियामा रहेका नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा थप रचनात्मक कार्यहरु गर्दै जाने छौ ।’

सन् २०१७ मा स्थापना भएको जनउद्धार केन्द्र मलेसियाले नेपाली दूतावास तथा नेपाली समूदायहरुसँगको सहकार्यमा मलेसियामा समस्यामा परेका, घरफिर्ति केन्द्रमा अलपत्र परेका तथा गम्भिर विरामी भई स्वदेश फर्कन नसकेका नेपालीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम गरिरहेको छ ।

जनउद्धार केन्द्र मलेसियाले अहिलेसम्म १ सय २० भन्दा बढी अलपत्र नेपाली र ७ जना गम्भिर विरामीलाई उद्धार गरी स्वदेश ल्याइसकेको अध्यक्ष थापाले जानकारी दिएका छन ।

अध्यक्ष थापा तथा केन्द्रका पदाधिकारीहरुले टिशर्ट बेचेर त्यसवाट फाइदा भएको पैसाले उद्धारका काम गर्दै आएका छन् । अहिलेसम्म कुनै सहयोग नमागिकन आफै जुटिरहेको जनउद्धारलाई भोलिका दिनमा काम गर्न थप सहज हुने अपेक्षा राख्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *