सामाजिक अभियन्ता रमजान बाबु कतारी गृहमन्त्रालयबाट सम्मानित

news-details

कतारमा रहेका नेपाली सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी प्रोफेसर मोहम्मद रमजान अलि मिया (रमजान बाबु) कतार सरकारको गृह मन्त्रालयबाट सम्मानित भएका छन । कतार सरकार गृह मन्त्रालय अन्तगर्तको जनसम्पर्क बिभागका प्रमुख बृगिडियर अब्दुल्लाह खलिफा अल मुफ्ताहले मियालाई मे ५ आइतबार   उक्त सम्मान प्रदान गरेका हुन ।

कतारमा रहेका आप्रवासी नेपालीहरुको समस्या समाधान एवं कानुनी सहायताका लागि उच्च भूमिका खेलेका मिया सामाजिक कार्यमा निरन्तर क्रियाशिल रहेको तथा नेपाल–कतारबीचको सम्वन्ध विस्तारमा उल्लेख्य भूमिका खेलेको भन्दै कतार सरकारले यो सम्मान प्रदान गरेको जनाएको छ ।

समस्यामा परेका नेपालीहरुको सहायतामा जुटनुका साथै मियाले कतार सरकारसँग नजिक भएर नेपालमा विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेका छन । यस्तै नेपाल र कतारबीच पारस्परिक सम्वन्ध बिकास तथा लगानी आदानप्रदानका विषयमा दुवै मुलुकका उच्चअधिकारीहरुको भेटवार्ता र छलफलका लागि मियाले संयोजनकारी भूमिका खेलिरहेका छन ।

कतारमा रहेका नेपालीहरुलाई कतार सरकारको नियम–कानुनबारे सजक बनाउन मियाले कतारको श्रम ऐन तथा विभिन्न सरकारी डकुमेन्ट नेपाली भाषामा अनुवाद गरेर नेपाली समूदायमाझ ल्याइसकेका छन । यस्तै पछिल्लो पटक उनले कतार सरकारले संसोधन गरेको श्रम ऐन पुस्तक र श्रमिक अधिकार पुस्तकलाई कतारी राजदूतावास काठमाडौसँगको सहकार्यमा प्रकाशन गरेका छन् ।

मिया कतार सरकारका विभिन्न निकायबाट पटक–पटक सम्मानित भइसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *