नेपाली दूतावास कतारका उपप्रमुख मणिरत्न शर्मालाई नेपाली व्यवसायी संघ कतारले विदाई तथा सम्मान गरेको छ । कतारमा रहेको नेपाली दूतावासमा आफ्नो ४ बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कन लाग्नु भएका शर्मालाई नेपाली समुदायका तर्फबाट व्यवसायी संघले विदाइ कार्यक्रम गरेको हो ।

शर्माले आफ्नो कार्यकालमा नेपाली राजदूतावासको प्रतिष्ठा, कतार र नेपाल दुई देश विचको सम्बन्ध, कतारमा कार्यरत श्रमिकहरुको हकहित र समस्या समाधानको लागि पु¥याएको योगदानको व्यवसायी संघले उच्च कदर गरेको जनाएको छ ।

व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागार्ईको नेतृत्वमा रहेको व्यवसायीहरुले शर्मालाई कतारमा रहेर गरेको कामको उच्च मूल्यांकन गर्दै आगामी दिनको सफलताका लागि शुभकामना दिए ।

कतारका नियोग उपप्रमुख शर्मालाई व्यवसायी संघ कतारको विदाई

नेपाली नियोग प्रमुख रमेश कोइरालासहितको उपस्थितिमा शर्मालाई विदाई कार्यक्रम गरिएको थियो । सो अवसरमा कतारमा रहेका व्यवसायीहरु डा. देवकाजी डंगोल, आरके शर्मा, नरेन्द्र भाट, बद्री पाण्डे, उमेश अधिकारी, रमेश भट्टलगायतको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष चौलागाईले भने–‘ कतारमा रहेका नेपाली श्रमिक, व्यवसायी र दुई देशबीचको सम्बन्धमा उहाँको महत्वपूर्ण भूमिका खेल्नु भएको छ ,आगामी दिनहरुमा जहाँ कार्यरत रहे पनि राष्ट्र र समाजको लागि यसरी नै सदैव समर्पित रहनेमा हामी विश्वस्त छौं,साथै आगी दिनमा शुभेच्छा सहित उत्तरोत्तर प्रगतिको शुभकामनाका ब्यक्त गर्दछौ ।’
दूतावासमा राजदूत नहुँदा शर्माले कार्यबाहक राजदूतको जिम्मेवारी पनि लामो समय बिताउनु भएको थियो ।

कतारका नियोग उपप्रमुख शर्मालाई व्यवसायी संघ कतारको विदाई