रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट

news-details

विजय थापा / अमेरिका । अमेरिकाको न्यू योर्कस्थित रहेको गैर मुनाफा सामाजिक संस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका हुन ।

आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरू निर्बिरोध निर्वाचित भएका छन् । पदाधिकारीहरू यस प्रकार रहेका छन् ।

अध्यक्षमा राजेश भट्ट, उपाध्यक्षमा भुवनेश्वर अधिकारी, सचिवमा दीपक राज काफ्ले, सहसचिवमा गोपीप्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

सदस्यहरूमा क्रमशः मोहनप्रसाद गौतम, यादवप्रसाद वास्तोला, सुशील भुसाल, हरिबहादुर केसी, तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् ।

उक्त निर्वाचनको परिणाम निर्वाचन अधिकृत कुमारप्रसाद तिमिल्सिनाले अप्रिल ७ का दिन सार्वजनिक गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *