एनआरएनको रोहवरमा मृगौलापीडितलाई आर्थिक सहयोग प्रदान

news-details

मृगौलापीडित दुई विरामीले थप उपचारका लागि आर्थिक सहयोग पाएका छन् । धादिङका मृगौलापीडितद्वय ३४ वर्षीय विष्णु सुनार र ४० वर्षीय सञ्जिव कँडेललाई एक÷एक लाख रुपैयाँ सहयोग एनआरएनएका पदाधिकारीको रोहबरमा हस्तान्तरण गरिएको छ ।

गत मार्च ८ मा यूएईमा मनोज गोर्खाली र मदन अधिकारीद्वारा आयोजित ‘गोर्खाली नाइट’ कार्यक्रममा बचत भएको रकमबाट उनीहरुलाई सहयोग गरिएको हो ।
आयोजक मनोज गोर्खालीले आफ्नै सक्रियतामा उक्त सहयोग प्रदान गर्न सकेका हुन् । बिरामी सुनार र कडेँललाई मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी एनआरएनका सचिव डिबी क्षेत्री, मध्यपूर्व संयोजक आरके शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङका साथै रोराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको रोहवरमा गोर्खालीले सहयोग रकम हस्तान्तरण गरे ।

‘कार्यक्रम अगाडि नै सहयोग गर्छु भनेर हल्ला गरेर कुनै सहयोग नगर्नुभन्दा एकै पटक कार्यक्रम पश्चात सहयोग गर्न पाउँदा आनन्दित महशुस हुँदोरहेछ’ एनआरएन आइसीसी सदस्यसमेत रहेका मनोज गोर्खालीले बताए । उनले कार्यक्रमको फाइदाबाट उक्त सहयोग गरेको बताए ।

यता मृगौलापीडित कँडेलले उपचारका क्रममा हालसम्म ३४ लाख रुपैयाँ खर्च भइसकेको बताए । ‘मलाई बचाइदिनुस् । म बाँच्न चाहन्छु,’ कँडेलले आँशु झार्दै भने –‘आफूसँग भएका सबै रकम उपचारमै सिद्धिसक्यो ।’ अर्का विरामी सुनारले आफूहरुले सरकारी राहत पाउन नसकिएको बताए । उनले अस्पतालले डाइलिस गराउँदा उपकरण बापतको खर्च नलिने तर औषधिमा आफ्नै खर्च भइरहेको बताए ।

गोर्खालीको सहयोगबाट विरामीको उपचारका लागि केही राहत मिल्ने विरामीका परिवारको भनाई छ । एनआरएन तथा विदेशमा रहेका नेपालीहरुले यस्तै सहयोग गरेर विरामीको घाउमा मल्हम लगाउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *