जन्मभूमिमा जस्तै रमाइलो गर्दै पर्वतवासीले मनाए कतारमा बनभोज

news-details

दिलकुमार श्रेष्ठ/ कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरूले आफ्नै गाउँ जन्मभूमि जस्तै नाच्दै हाँस्दै रमाउदै सामूहिक बनभोज सम्पन्न गरेका छन ।

आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरूलाई समेट्दै मेलामिलाव र भाइचाराको भावनामा पर्वत समाज कतारले आन्तरिक बनभोज आयोजना गरेको जानकारी दिएको छ ।

चिसो मौसमसँगै नाचगान तथा एकआपसमा दुखसुख साटासाट गरी असाध्यै रमाइलोसँग बनभोज कार्यक्रम सम्पन्न भएको समाजले बतायो ।

प्रायः हप्ताको शुक्रबार ब्यस्त रहने सो पर्पल आयरल्याण्ड उक्त हप्ता पनि निकै व्यस्त देखिन्थ्यो । पर्वतेहरूले नेपाली पञ्चेवाजामा तालमा ताल मिलाउँदै कम्मर मकाएको दृश्य हेर्न लायक थियो भने रमाइलो गर्ने क्रममा समाजले घैटो फुटाउने खेल समेत आयोजना गरेको थियो ।

निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत नारा रहेको पर्वते कार्यक्रममा पुराना सहयोगी, कार्यसमिति सदस्यहरु र निर्वाचन समितिलाई सम्मानपत्रले सम्मान पनि गरिएको थियो । रमाइलोका लागी करिव १०० को हाराहारीमा पर्वतेलीहरु सहभागी रहेका थिए ।

सामाजिक सेवाका अलवा आपसी सदभाव, मेलमिलाप र भाइचारा साट्ने उदेश्य समाजले पूरा गरेको सहभागीहरुले बताए ।

संस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा संस्थाका संस्थापक सदस्य भुपति भट्टराई रहेका थिए ।

उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरूलाई संस्थाका प्रथम उपाध्यक्ष श्याम न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सिनाले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *