साउदीमा ३८ नेपाली अलपत्र, कोठाका सामानसमेत सडकमा निकालियो
- साउन २, २०७५
- 0

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् ।
२०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् ।
साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि खोटाङका १४ जना अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिइन् ।
अलपत्र पर्नेमा सिन्धुलीका तीन, मकवानपुरका दुई, भोजपुरका एक, सर्लाहीका दुई, म्याग्दीका एक, बाग्लुङका एक, डडेल्धुराका एक, कैलालीका एक, दैलेखका दुई र रामेछापका एक छन् ।
क्याटरिङको कामका लागि भन्दै काठमडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्सट्रक्टिङ ट्रेडिङ एडभर्टाइजिङ कम्पनीमा पठाइएका उनीहरूले काम गरे पनि तोकिएको समयमा तलब नपाएपछि सोमबार काममा जान इन्कार गरेका थिए । तलब नदिएपछि एक दिन काम छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिए ।
काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरूले एक दिन काम अस्वीकार गरेको बताइएको छ । अलपत्र युवाले युवाको तत्काल उद्धार गरिदिन सूचना केन्द्रलगायत सम्बन्धित निकायमा माग गरेका छन् । -रासस
0 प्रतिक्रिया
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको […]
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक […]
पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरुको भीड, देउवा पनि पुगे

राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका […]
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा !

नेपाल मेडिक कलेज जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका हुन् […]
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । […]