धनगढीमा बाणिज्य बैंकको प्रादेशिक कार्यालय संचालनमा
- कार्तिक २५, २०७६
- 0

राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले संघीयतालाई प्रशासनिक रुपमा मात्रै नभएर सेवाको दृष्टिकोणको रुपमा राख्नु पर्ने बताए ।
सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनिकरण मुख्य चुनौती रहेको भन्दै उनले त्यसलाई हल गर्न आफू लागि परेको दावी गरे ।
यसअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा रहेकोमा सोमबारदेखि धनगढीबाट काम सुरु गरिएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य कार्यालयको मुलुकभरका ७७ जिल्लामा २ सय ३८ वटा शाखा रहेका छन् ।
0 प्रतिक्रिया
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा, यातायात संचालन गर्ने तयारी

ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौ र संसद खोलियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था […]
न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमा छलफल

संसदीय सुनुवाइ संयुक्त समितिमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिबार बसेको समितिको […]
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा […]
बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिकिदै : कस्तो छ प्राधिकरणको तयारी ?

भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बिच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन […]