नेपाल एयरलाईन्सको जहाजमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा
- रोजगारमञ्च
- अशोज १, २०७६
- 0

नेपाली ध्वजावाहक विमान नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आज बुधबारबाट लागू हुनेगरी ७० वर्ष कटेका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय भएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने घोषणा गरेकोमा नीजि क्षेत्रका विमान कम्पनीहरुले यसको विरोध गरिरहेका बेला सरकारी स्वामित्वकै कम्पनीबाट यसको कार्यान्वयन गर्ने गरी नेपाल एयरलाइन्सको विमानमा जेष्ठ नागरिकलाई छुट दिने निर्णय गरिएको निगमले जनाएको छ ।
यस्तै निगमले दशैका लागि अग्रिम बुकिङ पनि खुल्ला गरिएको जानकारी दिएको छ ।
0 प्रतिक्रिया
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]