काठमाडौंका सामुदायिक विद्यालयमा एसईई नतिजा उत्साहजनक
- असार १६, २०८२
- 0
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरूको नतिजा उल्लेखनीय रहेको छ । विशेष गरी ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा ४४.७७ प्रतिशतले वृद्धि भएको हो ।
शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले उच्च श्रेणीमा सफलता प्राप्त गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र विद्यार्थीको शैक्षिक क्षमतामा वृद्धि ल्याउने अभियानस्वरूप विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






