प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

news-details

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ ।

शनिबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत पनि गरिने छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरी पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया