यस्तो छ आजको मौसम
- असार १४, २०८२
- 0
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशभर मौसम बदली रहनेछ ।
यस्तै, विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र बाँकी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले आज राति भने देशभर साधारणतया मौसम बदली रहने जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






