सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल

news-details

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन् ।

छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौता, कांग्रेस सचेतक सुशिला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र कानुनमन्त्री अजय चोरसिया सहभागी भएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले संसद् बैठक अवरोध गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया