‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम तयारीमा इप्पान

news-details

स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’(पीपीए)को प्रावधान खारेजीको माग गर्दै आन्दोलनको लागि आन्तिम गृहकार्यमा रहेको बताएको छ ।

मंगलबार पत्रकारहरुसँगको छलफलमा इप्पानले यस्तो बताएको हो । बजेट तथा कार्यक्रम पारित गर्ने क्रममा ‘टेक एण्ड पे’ (पीपीए)को व्यवस्था हटाउने ऊर्जामन्त्री र अर्थमन्त्रीको प्रतिवद्धताको कारण आन्दोलन घोषणा गर्न बाँकी रहेको तर अर्थ मन्त्रीले संसदमा नहटाउने संकेत गरेपछि इप्पान आन्दोलनको आन्तरिक गृहकार्यमा रहेको बताएको हो ।

यदि ‘टेक एण्ड पे’ को प्रावधान लागू भएमा बैंक तथा वित्तिय संस्थाहरुले ‘टेक एण्ड पे’ को आधारमा गरिएको पीपीएमा वित्तिय व्यवस्थापन नगर्ने उर्जा उत्पादकहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले सर्भेक्षण र निर्माण अनुमतिपत्र लिएका तथा यसका लागि आवेदन दिएका करिब ३५० मेगावाटका आयोजना आरओआर आयोजनाको क्षमता १७११७ मेगावाटको निर्माण अनिश्चित भएको बताए ।

उनका अनुसार यो प्रावधानले १७११७ मेगावाटका आयोजनाका लागि हालसम्म भएको लगानी करिब ६६ अर्ब २२ करोड १४ लाख रुपैयाँ डुब्ने अवस्थामा छन् ।

हालै विद्युत प्राधिकरणले सूचना जारी गरी पीपीएका लागि आवेदन दिएका ४९६५ मेगावाटका आयोजनाको पीपीए प्रभावित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *