प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
- असार २, २०८२
- 0

नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् ।
गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको थियो ।
0 प्रतिक्रिया
धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन […]
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ […]
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आइरहनु भएकी संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]