प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- असार २, २०८२
- 0
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
यस्तै, आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारि रहनेछ भने उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
आजको बैठकमा अर्थ मन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति मागीे प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी अर्थ मन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






