प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- असार २, २०८२
- 0

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
यस्तै, आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारि रहनेछ भने उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
आजको बैठकमा अर्थ मन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति मागीे प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी अर्थ मन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन […]
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ […]
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आइरहनु भएकी संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]