केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
- असार १, २०८२
- 0

भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो । प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]