रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयो : गृहमन्त्री
news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

रास्वपा र राप्रपाका सांसदहरूले संसदमै नाराबाजी गरिरहँदा पनि संसदलाई सभामुखले एकहोरो अगाडि बढाएका छन् ।

सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे ।

लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन । तर मनिष झा बोलिसकेपछि रास्वपाका सांसद उठेरै ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरिरहेका छन् तर अहिले गृहमन्त्री रोष्ट्रममा गएर सम्बोधन गरिरहेका छन् ।

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयो : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित , षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए ।

उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ । जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु ।’

त्यस्तै उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो । ति अभिव्यक्तिमा कुनै सत्यता छैन् । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन् ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *