संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति
- जेष्ठ ३०, २०८२
- 0

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।
शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने जानकारी गराए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान जारी राखेको छ ।
उक्त दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् । तर प्रचण्डले रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
0 प्रतिक्रिया
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा, यातायात संचालन गर्ने तयारी

ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौ र संसद खोलियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था […]
न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमा छलफल

संसदीय सुनुवाइ संयुक्त समितिमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिबार बसेको समितिको […]
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा […]
बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिकिदै : कस्तो छ प्राधिकरणको तयारी ?

भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बिच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन […]