गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
- जेष्ठ २८, २०८२
- 0

केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् ।
उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो । यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ ।
सूचना अनुसार यो बन्द वार्षिक विदाबाट कट्टा गरिनेछ ।
0 प्रतिक्रिया
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]