गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
- जेष्ठ २८, २०८२
- 0
केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् ।
उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो । यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ ।
सूचना अनुसार यो बन्द वार्षिक विदाबाट कट्टा गरिनेछ ।
0 प्रतिक्रिया
सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले […]
नयाँ दिल्ली पुगे अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका […]
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

जनकपुर । धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक […]
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]






