यस्तो छ आजको मौसम
- जेष्ठ २७, २०८२
- 0

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी र स्थानीय वायुका साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
जसका कारण अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा मौसम बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
संसद बैठक बस्नुअघि विपक्षी दलहरूबीच छलफल

विपक्षी दलहरूबीच छलफल भएको छ । आज संसद बैठक बस्नुअघि संसद भवन बानेश्वरमा विपक्षी दलहरूले छलफल गरेका हुन् । बैठकमा […]
तरलता बढेपछि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो […]
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता […]
ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा (तस्वीरहरु)

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर […]
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द

केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि […]