ग्लोबल आइएमई बैंकले ‘साना तथा मझौला व्यवसायी कर्जा योजना’ संचालनमा ल्यायो
- भदौ ९, २०७६
- 0
ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा यो जना ल्याएको छ । यस्तो कर्जा ३ दिनभित्र उपलब्ध गराउनेसमेत बैंकले जनाएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् ।
लक्षित ग्राहक महानुभावहरुले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्नेछन् ।
यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि रु ६ करोड सम्म ऋण उपलब्ध गराइनेछ ।