प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

news-details

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । विशेष कारण देखाउँदै बैठक सारिएको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आइरहेका छन्।

आज पनि विपक्षीले अडान कायमै राखेपछि संसद चल्न नसकेको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया