मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा
- जेष्ठ १८, २०८२
- 0

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सोमबार पोखरा र काठमाडौमा प्रदर्शन गरेका व्यवसायीहरुले थप कार्यक्रम अघि सारेका हुन् ।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सक्रिय छन् ।
0 प्रतिक्रिया
आरिफको शानदार ब्याटिङसँगै नेपालको लगातार दोश्रो जित, नेदरल्याण्ड ५ विकेटले पराजित

विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । ब्याटिङका लागि कठिन पीचमा २२६ […]
उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा रहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तरक्रिया […]
एनआरएनए डब्लुएको कोषाध्यक्षमा पुष्प तामाङले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलिया (डब्लुए)को आगामी २०२५–२७ कार्यकालका लागि पुष्प तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् । बुधबार […]
राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला, आन्दोलनका कार्यक्रम घोषणा नगरी भेला स्थगित

आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको […]