कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औं पटक सगरमाथा चुचुरोमा
- जेष्ठ १३, २०८२
- 0

कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । योसँगै शेर्पाले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
मंगलबार बिहान ४ बजेतिर शेर्पाले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन् ।
शेर्पा २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।
शेर्पा भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको बताइएको छ ।
अघिल्लो वर्ष शेर्पा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।
0 प्रतिक्रिया
अफताव आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुदै

दुई दिनअघि ज्यान मुद्दाबाट सफाइ पाएर रिहा भएका काँग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातपछि माइतीघरस्थित न्युरो अस्पताल […]
नारायणहिटी दरबार आसपास निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गरी यही […]
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् । […]
बजेटबारे व्यवसायी : सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ

काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान […]
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक

कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । शुक्रबार बसेको समितिको बैठकले जेठ […]