तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता
- जेष्ठ ११, २०८२
- 0

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो ।
प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
त्यस्तै, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको हो ।
उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।
0 प्रतिक्रिया
नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी

श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा […]
अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लगाउने एमालेको निर्णय

नेकपा एमालेले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे […]
आफ्नै डेरामा मृत भेटिइन रोशनी शाही

रोशनी शाही मृत फेला परेकी छन्। रोशनी भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् । कोठाको ढोका नखुलेपछि […]
तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये ११ […]
शिक्षकहरुका नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको […]