पुलबाट जिप खस्दा तीन जनाको मृत्यु, दुई घाइते

news-details

तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ ।

प्रहरी कार्यालय तनहुँका अनुसार पाँच जना सवार जिप दुर्घटनामा पर्दा व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको र चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाईते हुने दुईजनाको अवस्था भने मध्यम नै रहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *