रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन एजेण्डा

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक हिजो ४ बजे बसेको थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *