आजको मौसम : देशका विभिन्न भागमा वर्षाको सम्भावना
- जेष्ठ ११, २०८२
- 0
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा भने मौसम मुख्यतया सफादेखि महाशाखाकाले जनाएको छ ।
कोशी, मधेश, बागमती, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने सम्भावना छ ।
कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।









