कर्मचारीलाई नियमित तलब बाहेक दुई हजार भन्दा बढी भुक्तानी गर्दा पनि प्यान अनिवार्य
- भदौ ३, २०७६
- 0

सरकारले कुनै पनि कम्पनी तथा व्यवसायीक प्रतिष्ठानले आफ्ना कर्मचारीलाई तलब दिदा प्यान अनिवार्य गरेकोमा नियमित तलबबाहेक २ हजारभन्दा बढी भुक्तानी गर्दा पनि प्यान चाहिने व्यवस्था गरेको छ ।
यसअघि सरकारले कर्मचारीलाई १ हजारभन्दा बढी भुक्तानी गर्दा प्यान अनिवार्य गरेकोमा नीजि क्षेत्रसँगको छलफलपछि यसको सीमा बढाएर २ हजार पु¥याइएको हो । यो व्यवस्थासँगै २ हजारभन्दा कमको भुक्तानीका लागि प्यान चाहिदैन भने त्यसभन्दा बढीका लागि चाहिन्छ ।
कर्मचारीको नियमित तलब भुक्तानी तथा २ हजारभन्दा बढीको भुक्तानी गर्दा प्यान उल्लेख नगरी भुक्तानी गरेमा व्यवसायिक संस्थाले त्यसलाई आफ्नो खर्चमा गणना गर्न पाउँने छैनन् ।
सरकार र नीजि क्षेत्रबीच सोमबार भएको छलफलमा करसम्बन्धी तालिम नियमितरूपमा उपलब्ध गराउन, भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टमको कार्यान्वयनमा सहजीकरण गर्नेलगायतका विषयमा पनि सहमति पनि जुटेको छ ।