एमाले धनुषामा महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी

news-details

नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ ।

अबेर राती मतगणना सम्पन्न भएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन ।

भोला यादवले ४०२ मत प्राप्त गरेका छन भने उनको निकट प्रतित्वन्दी लक्ष्मी नारायण यादवले मात्र २०२ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ विजयी भएका छन् । उनको निकट प्रतित्वन्दी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका छन ।

यता सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै विजयी भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन ।

त्यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्र विजयी हासित गरेकी छन ।

लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *