रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले जारी सुनुवाईमा रवि पक्षको बहस सकिए पनि जाहेरवाला पक्षको बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा रहेको हो ।

लामिछानेसँगै सहकारी ठगीमै थुनामा रहेका पूर्वडीआजी छविलाल जोशीको रिट पनि सँगै राखिएको छ । जोशीतर्फका कानून व्यवसायीको पनि बहस सकिइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *