चारवटा संसदीय समितिको बैठक बस्दै
- जेष्ठ ८, २०८२
- 0

संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदै छ ।
बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुनेछ ।
साढे ११ बजे बस्ने बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ ।
संघयि सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ)का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा आगामी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।