संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
- जेष्ठ ७, २०८२
- 0

आज संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बुधबार डा.सि के राउतको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको जनमत पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए ।
यादवका अनुसार बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुनेछ ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
0 प्रतिक्रिया
अध्यागमन कार्यालयबाट मन्त्रालय तानिएलगत्तै सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह […]
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार […]
भारतले युद्ध चाहेको छैन, युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् । बुधबार […]
विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् । बुधबार उर्जा, जलस्रोत तथा […]
गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण, ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै […]