आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसका कारण अहिले मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी लगायत अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा पनि भइरहेको छ ।

आज, दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागका थोरै स्थान चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सफादेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

यस्तै, आज राति बागमती प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया