माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि

news-details

नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गर्दैछ ।

सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। शनिबार अछामको साफे बगरमा जनजागरण अभियानको कार्यक्रम आयोजना गर्नेछ।

जेठ महिनाभरि अभियान सञ्चालन गर्ने माओवादीको लक्ष्य छ । कार्यक्रमको स्वरूपअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १(१ स्थानमा सभा आयोजना गर्नेछन्। त्यस्तै, जिल्ला समन्वय समितिहरूले १/१ स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन् । कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ भने बाँकी जिल्लामा उपयुक्त समयमा जनसभा गर्ने माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभियानमार्फत् माओवादीले पुष्पलाल लोकमार्गसँग जोडिएका जनसमुदायसँग प्रत्यक्ष संवाद, राजनीतिक सन्देश प्रसार, तथा स्थानीय समस्या पहिचान गर्ने उदेश्य बोकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *