सतुङ्गलस्थित आरआर कम्प्लेक्समा आगलागी

news-details

काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान ५ः२० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा दिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *