मेलम्ची बाढी पीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

news-details

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढी पीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ ।

उर्जा जलस्रोत तथासिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए ।

अवलोकनबाट फर्किए लगत्तै मन्त्रीखड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरि तत्काल ठेक्काखोल्न निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाटनिर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरितादवाडी, सिँचाई विभागका महानिर्देशक सन्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली पुगेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *