बाढीले डाइभर्सन बगाउँदा आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी
- बैशाख ३०, २०८२
- 0

वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।
गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।
0 प्रतिक्रिया
रवीन्द्र मिश्रले दायर गरे बन्दी प्रत्यक्षीकरण रिट

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ […]
दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीको एनओसी स्थगित

दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा […]
प्रधानमन्त्रीले शिलान्यास गरे बनेपामा बन्ने अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष ९शिलान्यास० गरेका […]
निराशाका सन्देशहरूले देशको विकासमा अवरोध गर्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् । मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा […]
‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ […]