संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
- बैशाख ३०, २०८२
- 0

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको छ ।
सरकारले विनियोजन विधेयक र प्राथमिकतामाथि छलफलका क्रममा प्राप्त सुझाव, विचारलाई आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।
यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।
0 प्रतिक्रिया
राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटन विरोधी ?

राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध जिल्ला होटल व्यवसायी संघ […]
रविन्द्र मिश्र र दुर्गा प्रसाईसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान […]
रवीन्द्र मिश्रले दायर गरे बन्दी प्रत्यक्षीकरण रिट

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ […]
दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीको एनओसी स्थगित

दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा […]
प्रधानमन्त्रीले शिलान्यास गरे बनेपामा बन्ने अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष ९शिलान्यास० गरेका […]